पर्सा प्रहरीले ताला फोडेर बरामद गर्यो २३ किलो सुन, अवैध रहेको रहेको दाबी

  • २ कार्तिक २०७७, आईतवार ०३:२५ मा प्रकाशित

  • वीरगंज, १ कार्तिक/ मान्छे नभएको घरको ताला फोडेर पर्सा प्रहरीले २३ किलो सुन बरामद गरेको छ ।

    जिल्ला प्रहरी पर्साका प्रहरी उपरीक्षक गंगा पन्तको नेतृत्वमा गएको प्रहरी टोलीले महानगर वीरगंज वडा नं. ५ स्थित रेशमकोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेश्रो तल्लामा रहेको ३०३ नं. फ्लैटमा फ्लैट धनी नरहेकै अवस्थामा ढोकाको ताला फोडी सुनका बिस्कुट, गहना तथा चाँदीका गहनाहरु बरामद गरेको समाचार सार्वजनिक भएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्सामा एक पत्रकार सम्मेलनको आयोजना गरी बरामद गरिएका सुनको बिस्कुट १ केजीको दरले १३ थान १३ केजी, सुनको बिस्तुकट मझौला 5TAELS9999 GOLD ४६ पिस- ८ केजी ५७६ ग्राह, सुनको बिस्कुट सानो १०० ग्रामको दरले १० पिस-१केजी, सुनको बिस्कुट जम्मा २२ केजी ५७६ ग्राम, चाँदीका गर गहना तथा थाल लगायत भाँडाकुडा २ केजी २६२ ग्राम सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले सो सुन अवैध रहेको दाबी गर्नु भयो ।

    प्रहरी उपरीक्षक पन्तले स्थानीय जन प्रतिनिधि तथा भद्रभलादमीको रोहबरमा ताला फुटाएर सो सुन बरामद गरिएको बताउनु हुँदै त्यसबारे थप आवश्यक अनुसन्धान भइरहेको बताउनु भयो ।

    प्रहरी उपरीक्षक पन्तका अनुसार बरामद गरिएका उक्त सुन भारत पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हाको रहेपनि प्रहरीको सम्पर्कमा नआएकोले थप अनुसन्धान हुन बाँकी रहेको बताउनु भयो ।
    पर्सा प्रहरीले अवैध दाबी गरेपनि सो सुन सम्बन्धी भेटिएका कागजात सम्बन्धमा आवश्य छानबिन भइरहेकोले थप बताउन नमिल्ने प्रहरी उपरीक्षक पन्तले जानकारी गराउनु भयो ।

    श्रोतका अनुसार सुन धनि सिन्हा भारतीय कस्टममा क्लियरिङ एजेन्ट हुन् । उनी प्यारालाइज्ड भएर दिल्लीमा उपचार गराइरहेका छन्  ।

    Leave a Reply