नेकपा पर्सा सदस्य मुकेश चौरसियाको आठ दिनपछि अन्त्येष्टि

  • १५ कार्तिक २०७७, शनिबार ०५:३२ मा प्रकाशित
  • वीरगंज,

    मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव एवं पर्सा जिल्ला सदस्य समेत रहेका मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ ।

    चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टम पछि उनको निवास स्थान लगि शतगत गरिएको हो ।

    नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृका प्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साह, बिरगंज महानगर अध्यक्ष रहबर अन्सारी , केन्द्रिय सदस्य दिनेश राई लगायतका नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो ।

    नेकपा बिन्दवासनी गाँउपालिका कमिटीको यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो ।

    Leave a Reply