
तेलको प्याकेट भित्र मुसा जस्तै देखिने कुहिएको बस्तु भेटिएपछी मेलम्ची नगरपालिकाले रोक लगाएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ११मा खानको लागि प्रयोग गर्ने तेलमा कुहिएको बस्तु भेटिएपछि नगरपालिकाले रोक लगाएको हो । त्रिबेणि ग्रुपको अन्नपूर्ण प्रा। लि को ब्याच नम्बर ५४को अमृत सुर्यमुखी तेल बिक्रीवितरण तथा उपभोग नगर्न मेलम्ची नगरपालिकाले रोक लगाएको हो । नगरपालिकाको निर्णयलाइ बेवास्ता गरि कसैले बिक्रीवितरण तथा उपभोग गरेमा उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही गरिने समेत नगरपालिकाले आग्रह गरेको छ ।अहिले सो तेलको प्याकेटलाइ खाद्य गुणस्तर तथा नाप तौल बिभागमा छानबिनको लागि तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।


