तुलसिपुर असाेज २२
तुलसिपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेलाई कोरोना पाेजेटिभ देखिएको छ । फिभर देखिएपछि असोज २० गते मंगलबार नगरप्रमुख पाण्डेको स्वाब लिइएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा उनलाइ कोरोना पोजेटिभ देखिएको थियाे । नगरप्रमुख पाण्डेले सबैलाई सहज रहन अनुरोध समेत गरेका छन् । ‘जनताको काममा खटिएका बेलामा संक्रमण भएपनि जनताकै मायाले आफु छिटै निको हुने विश्वास रहेकाे बताएका छन् । नगर प्रमुख पाण्डे हाेम अाइसाेलेसनमा रहेकाे प्रेस संयाेजक बसन्त अाचार्यले जानकारी दिएका छन् ।


