ठोरी ३ मा जारी “दशैं गोल्डकप” को आजको खेलमा थ्री स्टार क्लब बिजयी

  • ५ कार्तिक २०७७, बुधबार १८:२५ मा प्रकाशित
  • चिरञ्जीवी सापकोटा

    ठोरी,पर्सा
    ५ कात्तिक

                          
     ठोरी गाउँपालिका वडा नं ३ रामनगरको खेलमैदानमा जारी "दशैंगोल्डकप" नकआउट फुटबल खेलको अन्तिम सेमिफाइनल खेलमा थ्री स्टार क्लब ठोरी १ बिजयी भएको छ।
    
          निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि ट्राइवेकरमा परिणत भएको थियो।सनराइज युथ क्लबका २ जना खेलाडीले गोल गर्ने सकेनन् भने थ्री स्टारका १ जना खेलाडीले गोल गर्न सकेका थिएनन् ।५ गोल गरि थ्री स्टर क्लबले फाइनलको यात्रा तय गरेको हो भने ४ गोल गरेका सनराइज युथ क्लबले सेमिफाइनलबाटै आफ्नो यात्रा टुङ्गाएको हो।
    
    आजको बिजेता थ्री स्टार क्लब ठोरी १ र वनशक्क्ती स्पोर्ट्स क्लब ठोरी २ बिच फाइनल खेल हुने छ।
                   सनराइज युथ क्लब का जर्सी नं १४ र थ्री स्टार क्लबका जर्सी नं ४ का खेलाडिलाई एल्लो कार्ड दिइएको थियो।
    
       गत असोज २७ गतेदेखि सुरु भएको दशैं गोल्डकप प्रतियोगिताको फाइन खेल ७ गते फुलपातिको दिन हुनेछ भने बिजेता टिमलाई नगद रु ३० हजार सहित मेडल र प्रमाणपत्र दिइने छ भने उप बिजेता टिमलाई नगद रु १५ हजार सहित मेडल तथा प्रमाणपत्र बितरण गरिने आयोजकले जानकारी दिएको छ।

    Leave a Reply