चितवन कुरिनटार स्थित धारापानीबाट त्रिशुलीमा ट्रक खस्यो, ३ जना घाईते

  • १७ आश्विन २०७७, शनिबार १५:०२ मा प्रकाशित
  • चितवन, १७ असोज,  चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटार स्थित धारापानी नजिकैबाट आज एका बिहानै त्रिशुली नदीमा ट्रक खसेको छ। भैरहवाबाट काठमाण्डौ जादै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग त्रिशुली नदी किनारमा डुवेको अवस्था छ।
    दुर्घटनामा परी घाइेत भएका ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाँउ बस्ने वर्ष १९ का राम कुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिएका छन्।
    विहान ५ बजे भएको दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय मुग्लिन र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको सशस्त्र टोलीले घाइतेको तत्काल उद्वार गरी उपचारको लागि गजुरी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। इच्छाकामना न्युजमा छापिएको छ।

    Leave a Reply