आज १ हजार ९ सय ११ जना थप कोरोना संक्रमित, संक्रमितहरुको संख्या ७९ हजार ७ सय २८ पुग्यो

  • १५ आश्विन २०७७, बिहीबार १९:०३ मा प्रकाशित
  • काठमाडौ, १५ असोज
    नेपालमा विगत २४ घण्टामा १ हजार ९ सय ११ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष १ हजार २ सय ८३ र महिला ६ सय २८ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्राप्त जानकारी अनुसार विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड ४१ लाख ७२ हजार ८ सय ८० रहेको छ भने मृत्यु हुने विरामीको संख्या १० लाख १८ हजार ९ सय ५७ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ५४ लाख ३८ हजार ६ सय ७४ जना रहेको छ ।

    प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा निको भइ डिस्चार्ज हुनेको संख्या ९ सय ६१ रहेको छ भने आरटी पिसिआर परिक्षणको संख्या १२ हजार ४ सय ४४ रहेको छ ।

    त्यस्तै हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ५७ हजार ३ सय ८९ रहेको छ भने हालसम्म आरटि पिसिआर परिक्षण संख्या १० लाख ३३ हजार ९ सय ४७ रहेको छ । सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ११ हजार ६९ रहेको छ भने संस्थागत आइसोलेसनको संख्या १० हजार ७ सय ६१ रहेको छ । क्वारेन्टाइन बस्नेको संख्या भने ५ हजार ७७ रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमले दिएको जानकारी अनुसार संस्थागत आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा ४ सय १३ जना, प्रदेश नं. २ मा ५ सय ९२ जना, बागमती प्रदेशमा ७ हजार ६ सय ८८ जना, गण्डकी प्रदेशमा ४ सय ८१ जना, प्रदेश नं. ५ मा ८ सय ६३ जना, कर्णाली प्रदेशमा ३ सय ३६ जना, र सुदुरपश्चिम प्रदेशमा ३ सय ८८ जना रहेको छ ।

    त्यस्तै होम आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा १ हजार ६ सय जना, प्रदेश नं. २ मा ५ सय ८३ जना, बागमती प्रदेशमा ६ हजार ६ सय ४७ जना, गण्डकी प्रदेशमा ५ सय ३२ जना, प्रदेश नं. ५ मा १ हजार २ सय ८१ जना, कर्णाली प्रदेशमा २ सय ६५ जना र सुदुरपश्चिम प्रदेशमा १ सय ६१ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या प्रदेश नं. १ मा ५ सय ५६ जना, प्रदेश नं. २ मा १ सय ८३ जना, बागमती प्रदेशमा ५ सय ०९ जना, गण्डकी प्रदेशमा ६ सय ४१ जना, प्रदेश नं. ५ मा १ हजार १ सय ६४ जना, कर्णाली प्रदेशमा ६ सय ६० जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ३ सय ६४ जना रहेको छ ।

    त्यस्तै हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या प्रदेश नं. १ मा ५ हजार १ सय २४ जना, प्रदेश नं. २ मा १३ हजार ८ सय ९८ जना, बागमती प्रदेशमा १६ हजार ९० जना, गण्डकी प्रदेशमा ३ हजार ३ सय ७९ जना, प्रदेश नं. ५ मा ८ हजार ९ सय ११ जना, कर्णाली प्रदेशमा २ हजार ९ सय ६८ जना, र सुदुरपश्चिम प्रदेशमा ७ हजार १९ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या २ सय २० रहेको छ । जसमा प्रदेश न.१ मा २० जना, प्रदेश न. २ मा १८ जना, बागमती प्रदेशमा १ सय ०८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा ५२ जना, कर्णाली प्रदेशमा १५ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २५ जना रहेका छन । जसमा प्रदेश न.१ मा ३ जना, वागमती प्रदेशमा १९ जना र प्रदेश न.५ मा ३ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ४ रहेको छ । जसमा मनाङ, मुस्ताङ, डोल्पा र मुगु रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ८ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही पर्दछन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ११ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला १ जना र पुरुष १० जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा ३ जना, बागमती प्रदेशमा ४ जना र प्रदेश ५ मा ४ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ५ सय ०९ पुगेको छ ।

    Leave a Reply