वीरगञ्ज १४ कार्तिक
नुरु गहवा मस्जिद का मुस्लिम मुस्लिम युवा हरु द्वारा
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव नगवा स्थित कबरस्थान आज एक कार्यक्रमका बीच सरसफाई तथा विक्षारोपण कार्यक्रम गरिएको छ ।
विक्षारोपण कार्यक्रम मा बिभिन्न प्रजातिका का करिब १०० वटा विरुवाहरू रोपिएको स्थानीय युवा अनवर हवारी ले बताए ।
मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।
मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो ।
बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो ।
विश्व भरी फैलिएको कोरोना भाईरस को महामारी लाई मध्य नजर गर्दै भिडभाड नगर्ने उदेश्य ले विक्षारोण गरिएको हो
सो कार्यक्रममा मा जनता समाजवादी पार्टी का युवा नेता राजुदिन बाबु , अलिअसगर हवारी ,समिम हवारी ,मैनोदिन हवारी , सलमान हवारी लगायतका का स्थानीय मुसलिम युवाहरु को सहभागी रहेको थियो।



