राष्ट्रिय प्रजातन्त्र पार्टिको वडा इकाइ अध्यक्ष सचिबको भेला तथा राष्ट्रिय प्रजातन्त्र पार्टिको सुदृढिकरण कार्यक्रम सम्पन्न

  • २४ आश्विन २०७७, शनिबार १९:११ मा प्रकाशित
  • राष्ट्रिय प्रजातन्त्र पार्टिको वडा इकाइ अध्यक्ष सचिबको भेला तथा राष्ट्रिय प्रजातन्त्र पार्टिको सुदृढिकरण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि राप्रपाका केन्द्रिय सदस्य उदय सापकोटाले अहिलेको सरकारले विकासको बाटो पहिल्याउन नसकेको बताउनुभयो । उहाँले गर्नपर्ने काम धेरै भएपनि सरकार जनताको घरदैलोमा पुग्न नसेको भन्दै आगामि चुनाबमा राप्रपा अगाडि बढेर विकासको मुल फुटाउनुपर्नेमा जोड दिनुभयो । अब देश चलाउने जिम्मा राप्रपाको काँधमा आउन लागेको भन्दै उहाँले तयार रहन नेता कार्यकर्तामा आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रमका विशेष अतिथि दइन्द्र बहादुर ठकुरिले पार्टिलाइ एक ढिक्का भउर अगाडि बढाउन युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अब छिट्टै कार्यकर्तामा प्रशिक्षण कार्यक्रम गर्ने समेत बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टिका क्षेत्रिय सभापति फणिन्द्र दाहालले भ्रष्टाचार विरुद्ध अब राप्रपाले आवाज उठाउने दाबि गर्नुभयो । त्यस्तै आज राप्रपाले क्षेत्रिय कार्य समिति र क्षेत्रिय कार्य सम्पादन समिति समेत गठन गरेको छ । फणिन्द्र दाहालको ३१ कार्यसमिति र ११ सदस्यिय कार्य सम्पादन समिति समेत गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टिका क्षेत्रिय सभापति फणिन्द्र दाहालले जानकारी दिनुभयो । कार्यक्रममा नजिकिदै गरेको विजया दशमि तथा शुभ दिपावलिको सुभकामना सहित गठित सदस्यहरुलाइ बधाइ तथा सुभकामना दिइएको थियो ।

    Leave a Reply