मिरौलीमा बस दुर्घटना, ६ जना घाईते

  • ३ कार्तिक २०७७, सोमबार १३:०२ मा प्रकाशित

  • ३ कार्तिक २०७७, सोमबार १३:४९ |
    दंगीशरण ,
    ३ – कात्तिक / दंगीशरण गाउँपालिका वडा न। ५ को मिरौलीमा बस दुर्घटना भएको छ । बस सोमबारबिहान सवा दश बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय हेकुलीले जनाएको छ ।
    दंगीशरणको बैबाङ्गबाट तुलसीपुर तर्फ आउदै गरेको ना ४ ख ७८४८ न. को बस अनियन्त्रीत हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन् ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । घाईतेहरुको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ ।

    Leave a Reply