
असोज,बीरगंंज
नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव अञ्जान शाक्य कोरोना मुक्त भएका छ्न । ठोरी – ४ बिजयबस्ती स्थायी घर भएका शाक्य हाल सफल व्यवसायीको रुपमा काठमाडौंमा रहदै आएका छ्न ।
संक्रमण पुष्टि भएपछि ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा आइसोलेसन बसेका महासचिव शाक्य १२ औं दिन पछि मंगलबार साँझ डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज पछि कोरोना भाइरसलाई धेरै हलुका ढंगबाट बुझ्न नहुने उनले रेडियो बिजयबस्तीलाई बताएका छ्न । आफूलाई एक हप्तासम्म निकै गाह्रो महसुस भएको भन्दै उनले कोरोना भाइरस केही पनि होइन भन्ने हिसाबले बुझ्न नहुने बताए ।
कोरोना भाइरसका कारण लकडाउन भएको अवस्थामा शाक्यले ठोरी नगरिक समाज र सुवर्णपुर नागरिक समाज मार्फत मास्क, सेनिटाइजर लगायतका सामाग्री बितरण गर्नुका साथै काठमाडौमा रहेका ठोरीबासीलाई खाद्यान्न राहत समेत बितरण गरि अत्यन्त ठूलो सहयोग गरेका थिए । अस्पतालमा रहेका बेला आफ्नो गाउँ बिजयबस्तीबाट फोन आएको भएपनी आफू आइसोलेसनमा रहेका कारण सम्पर्क हुन नसकेको शाक्यले रेडियो बिजयबस्तीलाई बताए ।
यद्यपि, अस्पतालमा सवास्थ्यकर्मीहरुको हेरचाह र मायाका कारण आफू चाडै कोरोनालाई जित्न सफल भएको उनले बताए । ‘मलाई निकै गाह्रो भएको थियो, मैले सोचेको पनि थिइन कि कोरोनाले यति धेरै गाह्रो बनाउँछ,’ महासचिव शाक्यले भने, ‘अस्पतालमा डा. बीएन कोइराला, डा. अमित श्रेष्ठ, सञ्चालक आनन्द श्रेष्ठ तथा अन्य स्वास्थ्कर्मीहरुले निकै राम्रो सहयोग गर्नुभयो जसका कारण मलाई कोरोना जित्न सहज भयो ।’
संक्रमण भएको १० दिन पछि पुनः परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको र १२ औं दिनमा पुन: परीक्षण गर्दा पनि नेगेटिभ देखिएपछी उनलाई डिस्चार्ज गरिएको हो । हाल शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

