बेहोस बनाएर बसभित्रै पालै पालो किशोरीको बलात्कार

  • १८ आश्विन २०७७, आईतवार १९:१८ मा प्रकाशित
  • भक्तपुर । लठ्ठिने औषधि खुवाएर भक्तपुरमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका ८ बसपार्क नजिकै तवियासुखसी नजिक बस भित्र किशोरीको बलात्कार भएको हो ।

    बा ३ ख २६१२ नम्बरको बसमा लठ्ठिने औषधि खुवाएर बलात्कार गरेको आरोपमा उक्त बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ भने एक जना अझै फरार हरेका छन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी केशव थेबेका अनुसार फरार युवकले किशोरीलाई रत्नपार्कमा भेटेर लठ्ठिने औषधी खुवाएर शुक्रबार आफुले बलात्कार गरेपछि शनिबार आफ्ना साथीहरुलाई जिम्मा लगाएका थिए ।

    अर्का दुई जनाले शनिबार बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म बसभित्रै बलात्कार गरेको प्रहरीले जनाएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका १० का २२ वर्षीय निरकुरमार खड्का र सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने सहचालक २१ वर्षीय सूर्य श्रेष्ठले युवतीलाई दिन भर बस भित्र नै बलात्कार गरेका थिए ।

    लठ्ठिने औषधी खुवाएर शुक्रबार आफुले बलात्कार गरेपछि शनिबार आफ्ना साथीहरुलाई जिम्मा लगाएका थिए

    शनिबार बसभित्र घटना भएको देखेपछि नजिकै पार्क गरेर राखेका बसका चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे शनिबार राति १०ः३० बजे प्रहरीले थाहा पाएको थियो । थाहा पाए लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । राजधानीदैनिक बाट साभार ।

    Leave a Reply