
कमिरेचौर, ३ कार्तिक
दाङको बंगलाचुली गाउँपालिकाले आफ्नो भौगोलिक क्षेत्रबाट खरको छानो विस्थापन गर्ने अभियान थालेको छ ।गाउँपालिकाले आफ्ना ८ वटै वडामा रहेका खरका छानालाई विस्थापित गरि खरको छाना मुक्त बनाउने कार्यक्रम अगाडि सारेको छ ।
जस अन्तर्गत पहिलो चरणमा गाउँपालिकाले ८ वटै वडाका अति विपन्न परिवारलाई टिन वितरण गरेको हो ।
गाउँपालिकामा खरको छानो भएका घरधुरी अत्यधिक रहेकाले एकै पटक सम्पुर्ण खरको छानो भएका घरपरिवारलाई टिन उपलब्ध गराउन नसकिएका कारण पहिलो चरणमा वडाका अति विपन्न परिवारलाई टिन वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो ।
साथै अध्यक्ष वलीले विस्तारै गाउँपालिकाको सबै खरका छानो भएका घर परिवारलाई क्रमसः टिन वितरण गरिने बताउनु भयो ।


