
कार्तिक ५ बारा प्रहरीमाथि गोली प्रहार गरेका भागदै गरेको भारतीय नागरिकलाई बारा प्रहरीले गाेली हानेर एक जनालाई नियन्त्रणमा लिएको छ।
बारामा प्रहरीले गाेली हानेर एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे छ ।
भारतको मोतिहारी पूर्वी चम्पारण दुधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाहालाई प्रहरीले बुधबार दिउँसो साढे ३ बजे गाेली हानेर नियन्त्रणमा लिएकाे हाे ।
कुशवाहा सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा भारतबाट नेपाल आउँदै गरेका कुशवाहा प्रहरीलाई देखेर भागेपछि शंका लागेर प्रहरीले राेक्न खाेेजेकाे थियाे । त्यसक्रममा ती युकले आफ्नो पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गरेका थिए । तर प्रहरीलाई गोली लागेन ।
प्रहरीले ३०३ राइफलबाट १ राउण्ड फायर गर्दा ती युवककाे भने बायाँ पाखुरामा गोली लागेको बताइएकाे छ । उनकाे साथबाट पेस्तोल र ४ राउण्ड गोली प्रहरीले बरामद गरेकाे छ ।
अहिले उनको उपचारको लागि कंकाली पोलिक्लिनिकल सिम्रौनगढमा लगिएको छ । उनकाे स्वास्थ्य अवस्था सामान्य छ ।जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

