बीरगंज कार्तिक १३ प्रदेश २ मा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा भोली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा प्रदेश २ को सरकारले कार्तिक १४ गते शुक्रवार सार्वजनिक विदा दिएको छ।
मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गर्नु हुँदै प्रदेशमा विदा समेत रहेको जानकारी गराएका हुन्।


