पिसफोर दलितस फाउन्डेसन नेपालद्वारा दोषीलाई कार्वाही तथा दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि

  • १० कार्तिक २०७७, सोमबार १०:१८ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज कार्तिक १० पिसफोर दलितस फाउन्डेसन नेपाल तथा पर्सा दलित समुदायद्वारा बर्दियामा दलितमाथी भएको कुटपिट घटना लाई घोर भर्सना गर्दै प्रेस विज्ञप्ति

    मिति : २०७७/०७/१० गते

    विषय : दोषीलाई कार्वाही तथा दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि

    बर्दिया जिल्लाको गुलरिया नगरपालिका वार्ड नं ४ तुल्सीपुर बर्दियामा दुर्गा पुजामा गएका छोरीहरू सगँ उपल्लो जातका छोरीहरू सगँको विवाद भैरहदा बुवा राम लखन रैदासले बचाउन जादाँ त्यहाँ का उपल्ला जात भनाउदा मान्छेहरू मिली कुटपीट भएको छ । घाइते राम लखनको उपचार भैरहेको छ। उहाँको टाउको र छातीमा चोट लगेको छ ।
    यस्तो घटना प्रति पिसफोर दलितस फाउन्डेसन नेपाल तथा पर्सा दलित समुदायहरुको ध्यानाकर्षण भएको छ। यस्तो जघन्य अपराध गर्ने सबै अपराधिहरुलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु।


    समाज र देशमा शान्ति कायम गर्ने हो भन्ने दलित माथिको दमन तथा अत्याचार बन्द गर्नु पर्छ। दलित समुदायको सामाजिक न्याय , सामाजिक स्वतन्त्रता , ईज्जत् सम्मान हुँदैन तब सम्म समाजमा शान्ति हुदैन र समाज प्रगति गर्दैन । त्यसकारण गैर दलितले यस विषयमा गम्भीर हुनु जरुरी रहेकोे छ। साथै नेपाल सरकार तथा स्थानीय निकाएको पनि ध्यानाकर्षण हुनु पर्द्छ। समाजको सामाजिक रुपान्तरणमा सहयोग गरौँ। दोशिलाई कार्वाहीको माँग गर्द्छौँ।

    मनोज राम
    अध्यक्ष
    पिसफोर दलितस फाउन्डेसन नेपाल

    Leave a Reply