नेपाल बैंक लिमिटेडको ८४ औ वार्षिकोत्सब, मोबाइल बैंकिङ ईन्टरनेट बैंकिङ लगायत सेवाहरु नि:शुल्क गर्दै

  • ३ कार्तिक २०७७, सोमबार ०९:५२ मा प्रकाशित
  • काठमाडौ, ३ कार्तिक
    नेपाल बैंक लिमिटेडले यहि कार्तिक १ गतेदेखि आफ्ना ग्राहकहरुलाई Mobile Banking, Internet Banking, Demat Account, Mero share, C-ASBA र VISA Debit Card सेवा नि:शुल्क प्रदान गर्ने भएको छ। बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन ।

    नेपालको पहिलो बैंकका रुपमा परिचित नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको सुखद अवसरमा आफ्ना ग्राहकहरुको निक्षेप खाताहरुमा उक्त सेवा नि:शुल्क प्रदान गर्न लागेको हो ।

    आगामी दिनहरूमा पनि सदाझै ग्राहकहरुको विश्वास र भरोसा प्राप्त रहने विश्वासका साथ बैंकको ८४ औं बार्षिकोत्सवको शुभ अवसरमा ग्राहकहरुमा अझ बढी अत्याधुनिक बैंकिङ सेवा, सुविधाहरु प्रदान गर्दै जाने प्रतिबद्धता जारी विज्ञप्तिमा उल्लेख छ ।

    वि.सं.१९९४ कार्तिक ३० गते लक्ष्मिपुजाका दिन स्थापना भई सन्चालनमा आएको नेपाल बैंक लिमिटेडले देशका ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटीएम तथा ३६ वटा एक्टेन्शन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    Leave a Reply