उमेश कुशवाहा
बारा जिल्लाको देवताल गाउपालिका वडा नम्बर ६ रौवाही चैकमा दुर्गा पूजा एवम् मेला समितिद्वारा अतिथी सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथिमा युवा नेता उदय यादव तथा बिशिष्ट अथितिमा बचु बाब , महेन्द्र यादव, रामचन्द्र चौधरी,पत्रकार मोहनलाल पंडित, दुर्गा पूजा तथा मेला समितिका पदअधिकारी सदस्य,भद्रभलादमी लगायत, नेताहरुको उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रम पछि राधे राधेको जागरण कार्यक्रम पनि भएको थियो र कार्यक्रमको सभापतित्वमा ने.क.पा.का क्रान्तिकारी नेता युवा नेता रामनारायण मण्डल उर्फ( बिगन ) तथा कार्यक्रम सञ्चालन युवा नेता संजय पटेलले गरेको थिए ।
प्रमुख अतिथि, पत्रकार लगायत अन्य अथितिहरूको मायाको चिनो प्रदान गरिएको थियो ।



