डा.योगीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई रु २५,००० सहयोग

  • १४ कार्तिक २०७७, शुक्रबार १७:३७ मा प्रकाशित
  • डा. शंकरनाथ योगी

    दाङ, १४ कार्तिक
    लुम्बिनी प्रदेेेशको राजधानि एवं दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ निवासी डा. शंकरनाथ योगीले राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौलाई रू २५,०००/- सहयोग पठाउनु भएको छ ।

    महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रले गरेका कामबाट प्रभावित भएर डा योगीले उक्त रकम सहयोग गर्नुभएको हो ।

    डा योगी स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ । उहाँ सरकारी स्वास्थ्य संस्थामा पुर्ण निष्ठाका साथ काम गर्नुका अलावा सामाजिक क्षेत्रमा पनि उत्तिकै सकृय हुनुहुन्छ ।

    उक्त संस्थालाई सहयोग गर्ने मनसायले भिम उपाध्यायसँग आजै मेसेज मार्फत पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको खाता नं. मागेका डा योगीले आजै उक्त सहयोग रकम पठाउनु भएको हो ।

    Leave a Reply