सुरेन्द्र बुढाथाेकि तुलसिपुर २१ असाेज
दाङ तुलसिपुर वडा नं. ११ उरहरि बजार व्यवस्थापन समितिद्वारा उरहरि बजारमा अटाे पार्किङ स्थल काे व्यवस्थापन गरिएकाे छ ।
बजार क्षत्रमा अटाे पार्किङकाे व्यवस्था नहुदा बजार कुरुप देखिनु, सवारि अावागनमा अवराेध हुनु, दुर्घटनाका जाेखिम हुनु जसता समस्या देखिएकाेले र अाउदै गरेकाे महान पर्व विजया दशमि तथा दिपावलिलाइ लक्षित गरि पार्किङ स्थलकाे व्यवस्थापन गरिएकाे उरहरि व्यवस्थापन सचिव डेग बहादुर डि.सिले जानकारि िदएका छन् ।
अटाे पार्किङ व्यवस्थापनमा जसपुर प्रहरीचौकी इन्चार्ज कृष्ण बहादुर पुजारा, अस्थायि ट्राफिक पाेष्ट जसपुरका प्रमुख मिन बहादुर क्षत्रि, ट्राफिक जवान कमल के.सि, समाज सेवि तथा व्यापारि तेज बहादुर बुढाथाेकि लगाएत अन्य व्यापारि, अटाे चालकहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।


