साउदी अरबले १ जनवरी देखि समुद्री र हवाई मार्गहरु खुल्ला गर्ने !

  • २८ भाद्र २०७७, आईतवार २३:४८ मा प्रकाशित

  • साउदी अरब सरकारले १ जनवरी २०२१ देखि कोरोना सम्बन्धी सबै सावधानीका उपायहरु अपनाउदै समुद्री र हवाई मार्गहरु खुल्ला गर्ने निर्णय गरेको छ ! साउदी अरबको प्रतिष्ठित सामाचार एजेन्सी साउदी गजेटमा आज प्रकाशित समाचारअनुसार यो निर्णयसँगै साउदी अरबलाई आफ्नो कर्म थलो बनाउँदै आएका बिदेशी कामदारहरू सबैभन्दा बढि लाभान्बित हुने जनाइएको छ ।
    यससँगै साउदी अरब भन्दा बाहिर रहेका र जो-जससँग वैध एक्जिट र रि-इन्ट्री भिसा, वर्क भिसा, रेसिडेन्सी परमिट (इकमा) अबधि अझै बाँकी रहेका विदेशीहरु पनि अब भने फर्कन सक्ने छन् !
    तर फर्किंदा भने साउदी अरब सरकारले जारी गरेको फर्किँदा अपनाउनुपर्ने कोरोना भाइरस सम्बन्धी शर्तहरु भने पालना गर्नुपर्नेछ ।

    Leave a Reply