
नेपालगन्ज, बाँके, ४ असोज
बाँके जिल्लाको नेपालगन्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ पुरैना निवासी ५९ वर्षीय पुरुष रहेको बाँके जिल्ला डिसिसिएमसीका फोकल पर्सन नरेश श्रेष्ठ जनाएका छन । यो सँगै बाँकेमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० पुगेको छ।
मृतक पुरुषलाई गत भाद्र २० गते साँझ ५ बजे स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगन्ज भर्ना गरिएको थियो । सोही दिन निजको पिसिआर जाँचको लागि स्वाव संकलन गरि ल्यावमा परिक्षणका लागि पठाईएकोमा भाद्र २१ गते पोजिटिभ रिपोर्ट आएको थियो ।
निजलाई हाइड्रोअक्सिजन/सिपिएपि, प्लाज्मा थेरापीबाट उपचार गरिएको र भाद्र २५ गतेबाट रेम्डिसिविर औषधि समेत चलाईएको थियो । अवस्थामा सुधार नआएपछि भेन्टिलेटरमा राखी समेत उपचार गरिएको थियो । तैपनि सुधार नभएपछि ARDS मा गई असोज ३ गते राती ११:३० बजे निजको मृत्यु भएको अस्पतालले जनाएको छ ।

