
तुलसीपुर, दाङ, ९ असोज
दाङ जिल्लाको तुलसीपुरमा आज १४ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये १ जना महिला र १३ जना पुरुष रहेका छन । आज भेटिएका संक्रमित सँगै तुलसीपुरमा हालसम्म संक्रमितको संख्या २ सय २२ पुगेको छ ।
आज संक्रमित हुनेहरुमा केही बैंकका कर्मचारी भएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीले जनाएका छन । उनका अनुसार पहिले संक्रमित भएका व्यक्तिहरुको सम्पर्कमा आएका ब्यक्तिहरु नै आज कोरोना संक्रमित देखिएका हुन ।
फोकल पर्सन केसीका अनुसार आज संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ५ जना (२५, २८, २९, ३४ र ४२ वर्षीय पुरुष), वडा नं. ६ का १ जना (४३ वर्षीय पुरुष), वडा नं. ८ का २ जना (३३ र ३८ वर्षीय पुरुष), वडा नं. ९ का २ जना (२० र २२ वर्षीय पुरुष), वडा नं. १२ का ३ जना (३२ र ४३ वर्षीय पुरुष र ३० वर्षीय महिला ) र वडा नं. १९ का १ जना (२८ वर्षीय पुरुष) रहेका छन ।
तुलसीपुरमा हाल सकृय संक्रमितको संख्या ५५ पुगेको छ । हालसम्म निको भई डिस्चार्ज हुनेको संख्या भने १ सय ६७ रहेको छ ।

