अमेरिकामा पुरै सहर दिउँसै अन्धकार

  • २५ भाद्र २०७७, बिहीबार १०:३८ मा प्रकाशित
  • क्यालिफोर्निया, अमेरिका ९ सेप्टेम्बर । संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा बुधबार एक्कासी अन्धकार छाएको छ । क्यालिफोर्निया राज्यको मुख्य सहर सानफ्रान्सिस्कोमा यतिवेला रातझैं अध्यॉरोले ढाकेको छ ।

    दिउँसोको २ बजिसक्दा समेत दिनरात छुट्याउन करीव-करीव कठिन देखिएको छ । सूर्य उदायको हो या होइन भन्ने कुरा विहानीको त कुरै छोडौं मध्यान्हलेसमेत कुनै संकेत गर्न सकिरहेको अवस्था छैन । सहरमा जताततै दिनपनि रात भाकोछ यतिवेला । मध्यदिउँसोमा नै सारा सडकवत्ति बलिरहेका छन् । सवारी साधनहरू आफ्ना हेडलाइट अन गरेर गन्तव्यतर्फ हुइँकिरहेका छन् । जनजिवन निकै कौतुहल छ । तैपनि मानिसहरू निःशब्द प्राय: छन्, किनकी यो एउटा मानवसिर्जित विपद् भएकोले यसको सामना पनि मानिसले नै गर्नुपरिरहेको छ ।

    कोरोना भाइरसको महामारीबाट झण्डै २ लाख व्यक्तिको ज्यान गइसकेको अमेरिकामा रगंभेदी आन्दोलनको चोटपछि हाल क्यालिफोर्निया, वासिगंटन, ओरेगन लगायतका राज्यहरूमा बिशाल रूपमा फैलिरहेको डडेलोको कारण यसखालको विपद् आइलागेको हो । आकाश तुवॉलो र धुवॉले ढपक्कै ढाकेका कारण यस किसिमको समस्या आएको सम्बन्धित क्षेत्रका विज्ञहरूले उल्लेख गरेका छन् । अमेरिकन मौसमविद्ले केहीदिन यस्तै अवस्था रहने र वायुमंडलमा शुद्ध अक्सिजनको मात्रा कमी रहेकोले सचेतता अपनाउन सर्वसाधारणमा आग्रह समेत गरेका छन् ।मध्याह्न डेलि बाट।

    Leave a Reply