तुलसिपुर ३१ भाद्र
विश्व महामारी रुपमा फैलिरहेकाे काेभिड -१९ काेराेना भाइरस घाेराहि उप-महानगरपालिकामा कार्यरत ६ जना कर्मचारिहरुमा पुष्टि भएकाे छ ।
यस कारणले घाेराहि उपमहानगरले एक विज्ञप्ति मार्फत कार्यरत कर्मचारिहरुमा काेराेना सङ्क्रमणका कारण अत्यावश्वायक सेवा बाहेक अन्य सेवा २०७७/५/३१ देखि २०७७/६/४ सम्मका लागि स्थगित गरेकाे सबै अाम सेवाग्राहिमा अनुराेध समेत गरेकाे छ ।


