
नेपाल विद्यार्थी संघ वाल्मीकि क्याम्पसका जुझारु नेता महेश्वर पौडेलले काङ्ग्रेसको आगामी १४ औँ महाधिवेशनमा हिन्दुराष्ट्रको मुद्दाले प्रवेश पाउनुपर्ने अभिव्यक्ति दिएका हुन् ।
नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले दिनुभएको संविधान संशोधन गर्दै धर्मनिरपेक्षताको खारेजी हुनुपर्ने धारणाको समर्थन गर्दै पौडेलले फेसबुक मार्फत अभिव्यक्ति दिएका हुन् ।
अभिव्यक्तिमा भनिएको छ “
संविधान महत्वपुर्ण दस्तावेज हो र यो संशोधन पनि गर्न सकिन्छ , तसर्थ धर्मनिरपेक्षका सट्टामा हिन्दुराष्ट्र लेखियोस् । नेपाली काङ्ग्रेसको आगामी महाधिवेशनमा प्रमुख मुद्दाका रुपमा प्रवेश पाओस् भन्ने आम कार्यकर्ताको मात्र नभएर नेपालका ९४% ॐकार परिवार भित्र रहेका जनताहरुको पनि माग हो । अत: फेरी जनताका आस्थाका विषयमा काङ्ग्रेस लचिलो बन्नु जरुरी छ । जय नेपाल

