
समर्पण
२८ भदौ २०७७, काठमाडौ । विभिन्न सामाजिक सञ्जाल तथा माध्यमबाट आफूलाई जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्ण शुभचिन्तकहरुलाई रबि लामिछनेले आफ्नो फेसबुकलाई मार्फत धन्यवाद दिनु भएका छ ।
उहाँको आज परेको जन्मदिनको अवसर पारेर विश्वभरीबाट फेसबुक, ट्विटर तथा फेसबुक कमेन्ट बाट उहाँलाई आशीर्वाद शुभकामना दिएका थिए । यसरी आशिर्वाद शुभकामना दिनुहुने सम्पूर्ण दाजुभाई दिदीबहिनी नाता गोता इष्टमित्र तथा बाबुआमालाई उहाँले एकमुष्ट रुपमा मनबाट धेरैधेरै धन्यबाद दिनुभएको हो ।
आफ्नो फेसबुक लाइभ मार्फत अवगत गराउँदै जति पनि उहाँलाई माया गरेर उहाँलाई विश्वास गरेर शुभकामना दिनुभएको छ जति पनि विश्वास गर्नुभएको छ उहाँहरूको शुभ कामना ले अझैं ऊर्जा थपिएको र आगामी दिनहरुमा, आउने वर्षमा अझै ऊर्जावान् र प्रभावकारी कामहरु गर्न आफू लगायत सम्पूर्ण टीम लागि परेको र आउने वर्षमा अझै उचाईमा पुग्ने काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ।
अन्त्यमा यसैगरी सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई आफु प्रतिको विश्वास सदैव निरन्तर कायम राख्नका लागि पनि अनुरोध गर्नुभयो ।

