
काठमाडौ, १२ असोज
नेपालमा विगत २४ घण्टामा १ हजार ३ सय १जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ९ सय १५ र महिला ४ सय ३६ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्राप्त जानकारी अनुसार विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड ३३ लाख ११ हजार ४ सय २५ रहेको छ भने मृत्यु हुने विरामीको संख्या १० लाख २ हजार ४ सय ६१ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ४६ लाख ३९ हजार ३ सय ०८ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा निको भइ डिस्चार्ज हुनेको संख्या ७ सय ४२ रहेको छ भने आरटी पिसिआर परिक्षणको संख्या १० हजार ८० रहेको छ ।
त्यस्तै हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ५४ हजार ६ सय ४० रहेको छ भने हालसम्म आरटि पिसिआर परिक्षण संख्या ९ लाख ९८ हजार ४ सय ०७ रहेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ९ सय २९ रहेको छ भने संस्थागत आइसोलेसनको संख्या ८ हजार ६ सय ९५ रहेको छ । क्वारेन्टाइन बस्नेको संख्या भने ६ हजार ३ सय १० रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमले दिएको जानकारी अनुसार होम आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा १ हजार ४ सय ३४ जना, प्रदेश नं. २ मा ७ सय २५ जना, बागमती प्रदेशमा ६ हजार ३ सय ४९ जना, गण्डकी प्रदेशमा ४ सय ८९ जना, प्रदेश नं. ५ मा १ हजार ५ सय ४१ जना, कर्णाली प्रदेशमा २ सय ४२ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ४९ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा १ सय ९० जना, प्रदेश नं. २ मा ९ सय २६ जना, बागमती प्रदेशमा ५ हजार ७ सय ०२ जना, गण्डकी प्रदेशमा ४ सय १९ जना, प्रदेश नं. ५ मा ५ सय ७२ जना, कर्णाली प्रदेशमा ३ सय ६२ जना र सुदुरपश्चिम प्रदेशमा ५ सय २४ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या प्रदेश नं. १ मा ७ सय १२ जना, प्रदेश नं. २ मा २ सय ३६ जना, बागमती प्रदेशमा ५ सय ३१ जना, गण्डकी प्रदेशमा ६ सय ४१ जना, प्रदेश नं. ५ मा १ हजार ४ सय ११ जना, कर्णाली प्रदेशमा ६ सय ७६ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार १ सय ०३ जना रहेको छ ।
त्यस्तै हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या प्रदेश नं. १ मा ५ हजार २६ जना, प्रदेश नं. २ मा १३ हजार १ सय ७६ जना, बागमती प्रदेशमा १५ हजार २ सय १५ जना, गण्डकी प्रदेशमा ३ हजार २ सय ८५ जना, प्रदेश नं. ५ मा ८ हजार ४ सय ६७ जना, कर्णाली प्रदेशमा २ हजार ८ सय ५५ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ६ सय १६ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या २ सय २५ रहेको छ । जसमा प्रदेश न.१ मा १५ जना, प्रदेश न. २ मा २० जना, बागमती प्रदेशमा १ सय २१ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा ४४ जना, कर्णाली प्रदेशमा १९ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ३१ जना रहेका छन । जसमा प्रदेश न.१ मा ३ जना, वागमती प्रदेशमा २६ जना र प्रदेश न.५ मा २ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही पर्दछन ।
विगत २४ घण्टामा कोरोनाका कारण ४ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला २ जना र पुरुष २ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा १ जना, बागमती प्रदेशमा १ जना र प्रदेश ५ मा २ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ४ सय ८१ पुगेको छ ।

