आज १ हजार ३९ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुग्यो

  • २८ भाद्र २०७७, आईतवार २०:४३ मा प्रकाशित
  • काठमाडौ, २८ भाद्र
    नेपालमा विगत २४ घण्टामा १ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ६ सय ७४ र महिला ३ सय ६५ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ५ सय ३६ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३० जना र होम आइसोलेसनमा ७ हजार ३ सय ८७ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ९ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ३ जना र पुरुष ६ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा १ जना, बागमती प्रदेशमा ७ जना र गण्डकी प्रदेशमा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय ४५ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ७३ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ हजार ४ सय ४१ जना, प्रदेश नं. २ मा १० हजार ८ सय ३१ जना, बागमती प्रदेशमा ७ हजार ३ सय ८४ जना, गण्डकी प्रदेशमा २ हजार २ सय १८ जना, प्रदेश नं. ५ मा ६ हजार ४ सय ६६ जना, कर्णाली प्रदेशमा २ हजार ४ सय ८६ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ८ सय ७१ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १५ हजार १ सय १७ जना रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ३ सय ८७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ७६ जना, प्रदेश नं. २ मा १ हजार ३ सय ३५ जना, बागमती प्रदेशमा ३ हजार ७ सय ५० जना, गण्डकी प्रदेशमा १ सय ८२ जना, प्रदेश नं. ५ मा ७ सय १३ जना, कर्णाली प्रदेशमा ९४ जना, र सुदुरपश्चिम प्रदेशमा २ सय ३७ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ७ हजार ७ सय ३० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ सय १५ जना, प्रदेश नं. २ मा ८ सय १२ जना, बागमती प्रदेशमा ४ हजार १३ जना, गण्डकी प्रदेशमा ७ सय ७७ जना, प्रदेश नं. ५ मा १ हजार १ सय ७७ जना, कर्णाली प्रदेशमा २ सय ६६ जना, र सुदुरपश्चिम प्रदेशमा ३ सय ७० जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ६ हजार ५ सय ३६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ८१ जना, प्रदेश नं. २ मा ४ सय ३९ जना, बागमती प्रदेशमा ४ सय ९१ जना, गण्डकी प्रदेशमा ५ सय ६१ जना, प्रदेश नं. ५ मा १ हजार ७ सय ०६ जना, कर्णाली प्रदेशमा ६ सय ९१ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ७ सय ६७ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ६९ रहेको छ । जसमा प्रदेश न.१ मा ६ जना, प्रदेश न. २ मा ९ जना, बागमती प्रदेशमा १ सय १७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा २२ जना, कर्णाली प्रदेशमा ९ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २३ जना रहेका छन । जसमा प्रदेश नं. १ मा १ जना, वागमती प्रदेशमा २० जना, प्रदेश नं. ५ मा १ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा सोलुखुम्बु, म्याग्दी, मनाङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ८ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, सर्लाही, भक्तपुर, चितवन, ललितपुर, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ८९ लाख ४७ हजार ५ सय १० रहेको छ भने सक्रिय संक्रमित संख्या ७२ लाख ०९ हजार ६ सय ७० रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ९ लाख २४ हजार ६ सय १९ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ८ लाख १३ हजार २ सय २१ जना रहेको छ ।

    Leave a Reply