असोज २० गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

  • १३ आश्विन २०७७, मंगलवार ०९:३८ मा प्रकाशित
  • काठमाडौं । कोरोना महामारीको बिग्बिगी भएको अबस्थामा लकडाउन बाट केही सामान्य स्थानमा आए सँगै यातायात संचालनमा आएको र नेपालीहरुको बडा दशै नजिकिदै गर्दा यातायात व्यवस्था विभागले यहि असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ ।

    विभागले यातायात व्यवसायीहरुसँग छलफल गर्दै गत वर्षहरुका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरे पनि यो वर्ष कोरोना कारण करिब ५ लाख नेपालीले उपत्यका छाड्ने अनुमान गर्दै असोज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

    दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने विभागका प्रवक्ता लोकनाथ भुसालकाले व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरेका छन ।

    Leave a Reply