
अखिल नेपाल पिछडावर्ग(ओबीसी) महासंघ पर्साले प्रेस विज्ञप्ति निकालेक छ, प्रेस विज्ञप्ति जस्ताको त्यस्तै यस्तो रहेको छ।
प्रेस विज्ञप्ति
“सर्प पाल्नको लागि झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई ७२ करोड अनुदान” शिर्षक राखी केही संचारमाध्यमले प्रकाशित गरेको समाचारको सम्बन्धमा नेपालको प्रदेश नं.२ मा स्थायी बसोबास भएका सचेत युवा नागरिकहरुको गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार भ्रमपूर्ण भएको हुँदा केही तथ्यगत कुरा उल्लेख गर्नै पर्ने हुन्छ । नेपालमा वर्षेनी कम्तिमा पनि २०,००० व्यक्तिलाई सर्पले टोक्छ । त्यी मध्ये औषतमा करिब २५,०० जनाको सर्पको टोकाईको कारण मृत्यु हुने गर्छ । मृत्युको मुख्य कारण सर्पदंशको औषधीको अभावमा समयमा उपचार नपाउनु रहेछ ।
तराईको सबैभन्दा जटिल समस्या भनेको सर्पको टोकाईबाट मानिसको अकालमा मृत्यु हुने रहेछ । वि.सं.२०७० सालको चुनावी प्रचार प्रसारको दौरानमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सामुन्ने एकजना बालिकाको सर्पको टोकाईबाट मृत्यु भयो । त्यो घटनाले उहाँलाई अत्यन्तै दुखित एवं मर्माहित तुल्यायो । नेपालमा वर्षेनी २५,०० व्यक्तिको मृत्यु सर्पदंशको कारण हुने तथ्य उहाँले थाहा पाएपछि संवेदनशील हुनुभयो । त्यसपछि सुरु भयो यसको निराकरणको उपाय । नेपालमा नै सर्पदंशको औषधि उत्पादन हुनुपर्ने तराईबासीहरुको माग थियो । यसै सन्दर्भमा तत्कालिन नेकपा एमालेका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्त सहितको टिमले पूर्व प्रधानमन्त्री झलनाथ खनालको नाममा विशुद्घ सेवामूलक सामाजिक संस्था÷मुनाफा वितरण नगर्ने संस्था,सर्पदंशको औषधी उत्पादनको क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्य सहित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान संस्था स्थापना भयो ।
सर्पदंशको उपचारका लागि हामी पूर्णरुपमा भारतमा निर्भर हुनुपर्ने अवस्था छ । एन्टी स्नेक भेनम आयात गर्नको लागि हाम्रो करोडौँ रकम भारत निर्यात हुने रहेछ । सन २०१२ मा भारत कि पशु अधिकार बादी अभियन्ता मेनुका गान्धीले भारतको सर्बोच्च आदतलमा रिट जाहेरी गरेपछी भारतले आफ्नो देश बाहेक अन्य देशलाई एन्टिभेनम दिनको लागि प्रतिबन्ध गरेको र WHO को विशेष पहलमा नेपालमा एन्टिभेनम उपलब्ध हुँदै आइरहेको छ । भारतले WHO को अनुरोधलाई कुनै पनि समय अस्वीकार गर्यो भने परिस्थिति गम्भीर हुने छ । यस बिषम परिस्थितिमा हामी पानी परे पछि छाता किन्न जाने कि पानी कुनै पनि बेला पानी पर्छ भनेर छाता किनेर राख्ने? अबश्य पनि बौद्धिकता तथा दूरदर्शीताको दृष्ट्रिले पानी पर्नु अगाडी नै छाता किन्नुपर्छ । त्यहि अनुरुप यो संस्था अगाडी बढ्यो । अगाडी बढ्ने शिलशिलामा यस संस्थाले आजसम्म सर्पदंशको औषधी उत्पादनका लागि प्रारम्भिक चरणका कामहरु पुर्ब सम्भाव्यता अध्ययन, सम्भाब्यता अध्ययन डि.पि.आर., बाताबरणिय प्रभाब मुल्यांकन, जाग्गा प्राप्ती, इन्जिनियरिङ सर्भे. लगाएतको कार्यहरु सम्पन्न गरिसकेको छ र तत्कालै भैतिक सरचनाको निर्माणको ठेक्का प्रक्रिया आगाडी बढाउन लागिएको छ । प्रतिष्ठानले आर्थिक पारदर्शीता र मितब्यायीताको लागि हदै सम्मको गतिविधि अपनाएको छ । आयोजनालाई आबश्यक पर्ने मापदण्ड पुगेको करिब १० बिगहा जग्गा आबश्यक परेकोमा सार्बजनिक जग्गा खोजीको लागि लालबन्दी न. पा. मा नगर परिषद को बैठकमा प्रस्ताब गरेकोमा नगरपरिषदको बैठकबाट नै मापदण्ड बमोजिमको सार्बजनिक जग्गा उपलब्ध नभएकोले निजि जग्गा नै खरिद गर्न सुझाब आएपछी आयोजनाले जग्गा खरिद गरेको पाइयो । जग्गा खरिदमा न.पा. को मुल्यांकनमा रु ६ लाख प्रतीकठा रहेको जग्गा आयोजनाले रु ३ लाख ६५ हजार ७ सय १ रुपैया ४० पैसा रकम औसत प्रति कठ्ठा मै खरिद गरेको देखिन्छ । उक्त जग्गा खरिदमा संस्थाका पदाधिकारी, कर्मचारी र कुनै बिचौलियाले कुनै आर्थिक अनियमितता गरेको वा गर्न खोजेको वा बार्गेनिङ गरेको पत्ता लगाएको सुचना दिएमा सुचना दिनेलाइ प्रतिष्ठानको आन्तरिक कोषबाट रु. १ लाख पुरस्कारको समेत ब्यबस्था गरिने नगरपालिकाले सुचना प्रकाशित गरेको पाइयो । कुनै पनी उजुरी नआए पछि आयोजनाले करिब ८ बिगहा जग्गा खरिद गरेको देखिन्छ । जग्गा खरिदमा बिज्ञको रुपमा नेपाल सरकारका पुर्ब उपसचिव, नगरपालिका प्रतिनिधि, नापी कार्यालय प्रतिनिधि, राष्ट्रिय पत्रीकाका सर्लाही प्रतिनिधि, रेडियोका प्रतिनिधि, इलाका प्रशासन कार्यलयका प्रतिनिधि, सर्भे ईन्जिनियर, र स्थानीय जनप्रतिनिधि सहितको सकृय सहभागितामा जग्गा खरिद गरेको देखिन्छ । आगामी दिनमा संस्थाले प्रदेश न. २ लगायत अन्य प्रभावित प्रदेशमा पर्ने तराईका जिल्लाहरुमा क्रमश: कार्यक्रम गर्नेछ । सर्लाहीमा सर्पदंशको औषधी उत्पादनका लागि अत्याधुनिक प्रयोगशाला स्थापना गर्ने, सर्पदंशको उपचारका लागि अत्यधुनिक अस्पताल स्थापना गर्ने, इच्छुक समुदायलाइ सर्प पाल्न तालिम दिइ सर्प पाल्न लगाउने संस्थाले समुदाय सङ विष खरिद गरि स्वदेशमा नै रोजगारी सिर्जना गर्ने, सर्पको विषबाट अन्य गम्भीर रोगको औसधी समेत बन्ने भएकोले त्यसको उत्पादन गरि अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने, आवश्यक उपकरण खरिद गर्ने, सर्पको म्युजियम स्थापना गरि पर्यटनको बिकास गर्नेे, पर्यावरणको सन्तुलन कायम गर्ने, विष प्रशोधन ल्याब स्थापना गर्ने, सर्प सम्बन्धि अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकासका साथै आगामी दिनमा यसलाई शिक्षण अस्पतालको रुपमा बिकाश गर्ने जस्ता लक्ष्य लिई भौतिक संरचना निर्माण गर्ने लगायतका उद्देश्यहरु राखेको छ । यति पारदर्शी रुपमा कामको थालनी हुँदा हुँदै पनि पुर्बाग्रही ढंगले यस मधेसको गौरबको आयोजनालाइ असफलता तिर लैजाने खालको समाचार आएकोले तराइ मधेस युबाहरुको गम्भीर ध्यानाकर्षण भएको छ । अन्त्यमा, भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गर्ने, जनतालाई भ्रमित तुल्याउने, अनावश्यक विवाद खडागरी व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने संचार माध्यमहरु, ब्यक्तिगत सघं संस्थाहरुहरलाई सचेत गराउदछौ । साथै यो परियोजना प्रदेश न .२, प्रदेश सरकारको हो भने यसको भिजन चहि झलनाथ खनालको भएकोले नाम मात्र वँहाको राखिएको सबैमा जानकारी गराउदछौ ।



