सिमृतु स्वास्थ्य चौकीलाई ९ लाख रुपैयाँ मूल्य बराबरको जग्गा प्राप्त

  • ९ आश्विन २०७७, शुक्रबार २०:१३ मा प्रकाशित
  • रुकुम पश्चिम, ९ असोज
    सिमृतु स्वास्थ्य चौकी रुकुम पश्चिमलाई ९ लाख मूल्य बराबरको जग्गा प्राप्त भएको छ ।

    त्रिवेणी गाउँपालिका वडा नं. २ निवासी समाजसेवी, मनकारी ब्यक्तित्व शेर बहादुर पुनले आफ्नो नाममा रहेको करिब ९ लाख रुपैयाँ मुल्य बराबरको ५ रोपनी २ आना जग्गा सिमृतु स्वास्थ्य चौकी, रुकुम पश्चिमलाई प्रदान गरेका छन ।

    उनले विहिबार मालपोत कार्यालय रुकुम पश्चिम पुगेर उक्त जग्गा सिमृतु स्वास्थ्य चौकीको नाममा रजिस्ट्रेसन पारित गरि पास दिएका हुन । उक्त कार्यका लागि स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य एवं कार्यदल संयोजक तुल्सिराम बुढाथोकी लगायतले पहल गर्नुभएको थियो ।

    Leave a Reply