वृद्वाश्रम निर्माणका लागि नेकपाका स्थानिय नेता थापा दम्पतीद्वारा १ लाख सहयोग

  • १० आश्विन २०७७, शनिबार २३:५३ मा प्रकाशित
  • चितवनको इच्छाकामना ४ कुरिनटार स्थित इच्छाकामना माइ मन्दिर परिसरमा निर्माण भइरहेको बृद्धाश्रमका लागि एक दम्पतीले एक लाख सहयोग गरेका छन्। नेकपाका स्थानीय नेता समेत रहेका इच्छाकामना ४ कुरिनटार निवासी हरि बहादुर थापा र उहाँका धर्मपत्नी तुलासा थापाको दम्पतीले आज मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धि प्रसाद सिलवाललाइ मन्दिर समितिका सदस्यहरुको उपस्थितिमा एक लाख सहयोग गरेका हुन्।
    थापा दम्पतीले चेक मार्फत सहयोग रकम हस्तान्तरण गरेको हो ।
    सहयोग हस्तान्तरण गर्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का इच्छाकामना गाउँ कमिटि सचिव समेत रहनुभएका हरि बहादुर थापाले बृद्धाश्रम तथा सामाजिक कार्यका लागि निर्माण भइरहेको भवनका लागि सहयोग गरिएको बताउनुभयो। उहाँले मन्दिर समितिको कामको प्रशंसा गर्दे आगामी दिनमा आफुले सक्ने जुनसुकै सहयोगलाई निरन्तरता दिइने बताउनुभयो।उहाँले उक्त भवन निर्माणका लागि लागि आ–आफ्नो तर्फबाट सकेको जती सहयोग गर्न पनि आग्रह गर्नुभयो।
    मन्दिर समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालले बृद्धाश्रम भवन निर्माणका लागि सहयोग गरेकोमा धन्यवाद दिनुभयो। उहाँले विगतका दिनहरुमा पनि थापाले विभिन्न सहयोग गर्दै आइरहनुभएको बताउनुभयो।
    मन्दिर समितिका उपाध्यक्ष रुद्र उप्रेतीका अनुसार उक्त भवन निर्माणका लागि एक करोड लाग्ने छ। अहिले गाउँपालिका र सहयोगी दाताहरुको सहयोगबाट उक्त भवन निर्माण भइरहेको छ । बृद्धाश्राम सहित भक्तजनहरुका लागि निर्माण गरिने उक्त भवन निर्माणका लागि आर्थिक अभाव भएको उहाँले बताउनुभयो । इच्छाकामनान्युुज.कमबाट

    Leave a Reply