नेपाली राजदूतावास साउदी अरब समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका व्यक्तिहरुको (Exit visa) प्राप्त ।

  • १९ भाद्र २०७७, शुक्रबार १६:०७ मा प्रकाशित
  • साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा(Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमाेजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुकाे नाममा बहिर्गमन भिषा प्रदान गरेकाे जानकारी दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा जलाइएको छ।


    दूतावासद्वारा उपलब्ध उपलब्ध गराइएको गराइएको जानकारीअनुसार यो प्रकृयाकाे थालनी भएदेखि साउदी सरकारले हालसम्म ८६४ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।यस मध्ये १ देखि ७३८ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ । नयाँ Exit visa जारी भएका १२६ जनाकाे नामावली यसैसाथ संलग्न छ।
    साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष वहिर्गमन भिषा (Exit Visa)का लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा Exit Visa लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ।
    बहिर्गमन भीसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्न सक्ने छन्।

    Leave a Reply