धारिलाे हतियार प्रहार हुँदा तुलसिपुरमा एक घाइते

  • १२ आश्विन २०७७, सोमबार २१:२५ मा प्रकाशित
  • तुलसीपुर १२ असाेज

    दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना घाईते भएका छन् । बेलुका ७ बजेतिर दुइजना युवाहरुबीचको विवादमा एक युवाले खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

    तुलसीपुर ७ भुह्यारथान निवासी १९ बर्षीय बर्षात वलीलाई तुलसीपुर ९ बेलुवा बस्ने बर्ष २४ का विश्व पुन मगरले धारिलो हतियार प्रहार गरी घाइते बनाएको सिंहले बताए ।खुकुरी प्रहारबाट वलीको दाहिने कुममा चोट लागेको उनले बताए । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

    खुकुरी प्रहार गर्ने मगर फरार रहेको र खोजिकार्य जारी रहेको उनले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

    Leave a Reply