तपाइकाे मास्क खाेइ ??? व्यानर सहित तुलसिपुरमा राेटरि क्लव अफ तुलसिपुर सिटिकाे सचेतना अभियान

  • २४ भाद्र २०७७, बुधबार १४:५६ मा प्रकाशित
  • तुलसिपुर २४ भाद्र
    रोटरी क्लब अफ तुलसिपुर सिटीले चौक चौकमा तपाईको मास्क खोई अभियान सुरु गरेको बताएकाे छ । अाज देखि क्लबले बजारका मुख्य चौक र सरकारी कार्यालयहरुको गेटमा सचेतना मुलक व्यानरहरु टाँसिएको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिएका छन् ।

    कोरोना महामारी दिनहु समुदाय स्तरमा फैलिरहेको र यसबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा सर्वसाधारणहरुलाई सचेत बनाउन अभियान सुरु गरिएको अध्यक्ष हमालले जानकारिदिएका छन् भने सचेतना मुलक व्यानरहरु तुलसिपुरका विभिन्न मुख्य कार्यालयका पर्खाल अगाडि पनि टागिएकाे छ ।

    Leave a Reply