जनकपुर : पानीमा फालिएको लास, सामुहिक बलात्कारपछि हत्या

  • २१ भाद्र २०७७, आईतवार २२:१५ मा प्रकाशित
  • जनकपुर — धनुषाको धनौजी गाउँपालिका— १ लखौरीकी एक दलित बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको छ ।

    विहिबार विहान घरमा रहेकी छोरी वरपर नदेखिएपछि खोज्दै जादाँ १७ वर्षीय अमिरका कुमारी दासको बलात्कारपाछि हत्या गरी रेल्वे ट्रयाक नजिकैको खाल्डोमा जमेको पानीमा फालिएको अवस्थामा भेटिएको थियो ।
    धनौजी गाउँपालिका— १ लखौरी लक्ष्मी दासकी छोरी बलात्कारपछि हत्या गरिएको स्थानीयहरुले आशंका गरेका छन् ।

    घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय र धनुषाबाट प्रहरी उपरीक्षकको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर घट्ना सम्बन्धी प्रारम्भिक अनुसन्धा  भइरहेको धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र कुमार मिश्र बताए ।

    स्थानीयहरुले बालिका शव रेल्वे ट्रयाक नजिकैको खाल्डोमा जमेको पानी मृतक अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    बालिकाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । मधेश२४.कम बाट

    Leave a Reply