तुलसीपुर १२ असाेज
दाङकाे तुलसीपुरमा सोमबार एकजना कोरोना संक्रमित थपिएका छन् । तुलसीपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै तुलसीपुर उपमहानगरमा कोरोना संक्रमित हुनेको संख्या २२५ पुगेको छ । तुलसिपुर उपमहानगरपालिकाका कोभिड-१९ फोकल पर्सन बिमल केसीले बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिबर क्लिनिकमा स्वाव परिक्षण गर्दा तुलसीपुर उपमहानगर ५ का ३४ बर्षका एक पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित मध्ये ५१ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य बाँकी निको भई डिस्चार्ज भएको फोकल पर्सन केसीले बताए ।


