ओबीसी महासंघ पर्सा द्वारा बिरगंज १३ न्याटोलमा अतिबिपन्न परिवार लाई राहत बितरण

  • ३१ भाद्र २०७७, बुधबार २०:५६ मा प्रकाशित
  • वीरगन्ज महानगरपालिका वडा नं १३ नयाँटोलका अतिविपन्न परीवारलाई आज अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साद्वारा राहत वितरण भएको छ अखिल नेपाल पिछाडावर्ग (OBC) महासंघ पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको सहकार्य मा वडा नं १३ नयाँ टोलका २० अतिविपन्न परीवारलाई प्रतिव्यति १० केजी चामल र १ केजी दाल राहत वितरण भएको हो ।


    कोरोना महामारीबाट प्रभावित भएका परीवारलाइ अखिल नेपाल पिछाडावर्ग (OBC) पर्साका सदस्यहरुले आफ्नो व्यतिगत खाजा खर्चबाट कटाएर राहत वितरण गरिएको छ ।


    राहत वितरण कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह ,अखिल नेपाल पिछाडावर्ग (OBC) महासंघ पर्साका अध्यक्ष अकलेश साह , अखिल नेपाल पिछाडावर्ग (OBC) महासंघ पर्साका सहसचिव राजन साह , सदस्यहरु संदिप महतो , आकाश गुप्ता, नेकपा नेता कमरुल अन्सारी कलिम अन्सारी लगायतको सहभागीता रहेको थियो ।

    Leave a Reply