
काठमाडौ, १० असोज
नेपालमा विगत २४ घण्टामा १ हजार २ सय ०७ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ७ सय ९६ र महिला ४ सय ११ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्राप्त जानकारी अनुसार विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड २७ लाख ७० हजार ९ सय ९४ रहेको छ भने मृत्यु हुने विरामीको संख्या ९ लाख ९३ हजार ५ सय ५५ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ४१ लाख ७९ हजार ७६ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा निको भइ डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ४७ रहेको छ भने आरटी पिसिआर परिक्षणको संख्या १० हजार १९ रहेको छ ।
त्यस्तै हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ५३ हजार १३ रहेको छ भने हालसम्म आरटि पिसिआर परिक्षण संख्या ९ लाख ७८ हजार २ सय ०४ रहेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ५ सय ०८ रहेको छ भने संस्थागत आइसोलेसनको संख्या ७ हजार ८ सय ३३ रहेको छ । क्वारेन्टाइन बस्नेको संख्या भने ६ हजार ३ सय ३१ रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमले दिएको जानकारी अनुसार होम आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा १ हजार ४ सय ७० जना, प्रदेश नं. २ मा ७ सय ४२ जना, बागमती प्रदेशमा ५ हजार ८ सय ८० जना, गण्डकी प्रदेशमा ३ सय ६० जना, प्रदेश नं. ५ मा १ हजार ६ सय ७८ जना, कर्णाली प्रदेशमा २ सय २४ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ५४ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा १ सय ४७ जना, प्रदेश नं. २ मा ८ सय ७९ जना, बागमती प्रदेशमा ४ हजार ९ सय ९९ जना, गण्डकी प्रदेशमा ५ सय ८६ जना, प्रदेश नं. ५ मा ४ सय ५४ जना, कर्णाली प्रदेशमा २ सय ६६ जना र सुदुरपश्चिम प्रदेशमा ५ सय ०२ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या प्रदेश नं. १ मा ६ सय ४४ जना, प्रदेश नं. २ मा २ सय ५६ जना, बागमती प्रदेशमा ५ सय ६९ जना, गण्डकी प्रदेशमा ५ सय ०९ जना, प्रदेश नं. ५ मा १ हजार १ सय ४७ जना, कर्णाली प्रदेशमा ६ सय ४१ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार २ सय ६५ जना रहेको छ ।
त्यस्तै हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या प्रदेश नं. १ मा ४ हजार ७ सय ९३ जना, प्रदेश नं. २ मा १३ हजार ११ जना, बागमती प्रदेशमा १४ हजार ५ सय ८१ जना, गण्डकी प्रदेशमा ३ हजार ९३ जना, प्रदेश नं. ५ मा ८ हजार २ सय ३६ जना, कर्णाली प्रदेशमा २ हजार ८ सय ४० जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ४ सय ५९ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या २ सय २४ रहेको छ । जसमा प्रदेश न.१ मा १५ जना, प्रदेश न. २ मा २० जना, बागमती प्रदेशमा १ सय २१ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा ४४ जना, कर्णाली प्रदेशमा १८ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २७ जना रहेका छन । जसमा प्रदेश न.१ मा १ जना, वागमती प्रदेशमा २३ जना र प्रदेश न.५ मा ३ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही पर्दछन ।
विगत २४ घण्टामा कोरोनाका कारण ८ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ० जना र पुरुष ८ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ५ जना, प्रदेश ५ मा १ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ४ सय ६७ पुगेको छ ।

