आज १ हजार १ सय ७० जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुग्यो

  • २९ भाद्र २०७७, सोमबार १७:१२ मा प्रकाशित
  • काठमाडौ, २९ भाद्र
    नेपालमा विगत २४ घण्टामा १ हजार १ सय ७० जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ७ सय ७१ र महिला ३ सय ९९ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ८ सय ९२ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना र होम आइसोलेसनमा ७ हजार २ सय ७५ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण १५ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ५ जना र पुरुष १० जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा २ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश ५ मा ३ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय ६० पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय ७९ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३९ हजार ५ सय ७६ जना रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ हजार ४ सय ८५ जना, प्रदेश नं. २ मा ११ हजार ५६ जना, बागमती प्रदेशमा ७ हजार ८ सय १९ जना, गण्डकी प्रदेशमा २ हजार २ सय ७० जना, प्रदेश नं. ५ मा ६ हजार ५ सय जना, कर्णाली प्रदेशमा २ हजार ५ सय २५ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ९ सय २१ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १५ हजार ३ सय ९३ जना रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार २ सय ७५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय १७ जना, प्रदेश नं. २ मा १ हजार ५४ जना, बागमती प्रदेशमा ३ हजार ८ सय ०७ जना, गण्डकी प्रदेशमा १ सय ८२ जना, प्रदेश नं. ५ मा ७ सय ७८ जना, कर्णाली प्रदेशमा ९४ जना, र सुदुरपश्चिम प्रदेशमा २ सय ४३ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार १ सय १८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ सय ३७ जना, प्रदेश नं. २ मा ९ सय ३३ जना, बागमती प्रदेशमा ४ हजार १ सय जना, गण्डकी प्रदेशमा ८ सय १४ जना, प्रदेश नं. ५ मा १ हजार २ सय ५२ जना, कर्णाली प्रदेशमा २ सय ७८ जना, र सुदुरपश्चिम प्रदेशमा ४ सय ०४ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ६ हजार ८ सय ९२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ०५ जना, प्रदेश नं. २ मा ४ सय ३० जना, बागमती प्रदेशमा ४ सय ९४ जना, गण्डकी प्रदेशमा ५ सय ६१ जना, प्रदेश नं. ५ मा १ हजार ८ सय ०७ जना, कर्णाली प्रदेशमा ७ सय ०४ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ९ सय ९१ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ७९ रहेको छ । जसमा प्रदेश न.१ मा ५ जना, प्रदेश न. २ मा ९ जना, बागमती प्रदेशमा १ सय २९ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा २० जना, कर्णाली प्रदेशमा १० जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २९ जना रहेका छन । जसमा प्रदेश नं. १ मा १ जना, वागमती प्रदेशमा २६ जना, प्रदेश नं. ५ मा १ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा सोलुखुम्बु, म्याग्दी, मनाङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, सर्लाही, भक्तपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ९२ लाख ७ सय ७१ रहेको छ भने मृत्यु हुने विरामीको संख्या ९ लाख २८ हजार ६ सय ६० पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड १० लाख ३५ हजार ६ सय ४८ जना रहेको छ ।

    Leave a Reply