मन्दिरका पुजारीलाई अज्ञात ब्यक्तिले गोली हानि,हत्या गर्ने लाई हिन्दू परिषद नेपाल द्वारा कार्यवाही गर्न प्रेस विज्ञप्ति

  • ४ भाद्र २०७७, बिहीबार १९:५१ मा प्रकाशित

  • रौतहट ४ भाद्र
    रौतहट जिल्ला माधवनारायन नगरपालिका वडा नं.२ खेसरहीया स्थित श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनाको हिन्दू परिषद नेपालले घोर भत्सर्ना गरेको छ ।

    परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल र महासचिव अनिरुद्ध सिंह द्वारा संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको दोषीलाई अबिलम्ब पक्राउ गरी कडा कारवाही गर्न नेपाल सरकार संग माग गरेका छन् ।

    साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकै बाट कन्चटमा गोली हानेका थिए ।विज्ञप्तिमा लिखिए अनुसार मुलुकमा दिन प्रति दिन हिन्दू आस्था माथि खेलवाड़को घटना बढ्दै गएको छ।

    कहिले मठ-मन्दिर माथि आक्रमण, कहिले पूजापाठ हुने ठाउँमा गैर हिन्दूहरुको अनावश्यक चलखेल,सरकारी एवं गैर सरकारी निकायको मिलिमतोमा धर्म परिवर्तन र राजनीतिक दलका नेताहरुको हिन्दू बिरोधी अभिब्यक्ति सनातन धर्म माथि बारम्बार प्रहार हुनु आफैमा चिन्ताजनक रहेको छ।

    अब त अति नै भयो।हाम्रो मूल आस्था मन्दिर र सो को पुजनीय मठन्थ हुन।रौतहट जिल्ला माधवनारायण नगरपालिका बड़ा न.-२ खेसरहिया टोलमा मिति २०७७ भाद्र ३ गते अन्दाजी राती ९:१५ बजेको समयमा श्री हनुमान मन्दिरका पुजारी आदरणीय श्रीराम साह तेली ज्यूको गोली लागेर मृत्यु भएको खबरले हामी लाई मर्माहित बनाएको छ।

    अपराधी मनोब्रिटी भएको समूहले गरेको अमानवीय घटना प्रति हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।दोषी लाई कड़ा कारवाही गर्न नेपाल सरकार संग मांग गर्दछौं।सो घटना सुनियोजित र पूर्वाग्रही भएको कारण भएको हिन्दू परिषद नेपालको ठहर रहेको छ।

    रौतहट जिल्ला स्थानीय सुरक्षा प्रमुखहरु र प्रदेश न.- २ सुरक्षा प्रमुख लाई यो घटना लाई गंभीर रुपमा लीन अनुरोध गर्दछौं।पुज्य पुजारी ज्यूलाई न्याय दिलाऊँ हिन्दू परिषद नेपाल प्रतिबद्ध रहेको जानकारी गराउद छौ।

    सम्पूर्ण नेपाली दाजुभाई एवं दीदीबहिनी स्मरण गराउन चाहन्छौ जब देखी नेपाल धर्म-निरपेक्ष भयो तब देखी ओमकार परिवार माथि अन्याय आत्यचार सुरु भयो।

    अन्त्यमा सम्पूर्ण सरोकरवालाहरु लाई रौतहट घटना लाई अत्यन्त गम्भीरताको साथ लिनु हुनेछ भनी हामीले बिस्वास लिएका छौ।पूज्य सन्त ज्यू प्रत्रि भावपूर्ण सम्बेदना अर्पण गर्दै आत्माको बैकुण्ठ बास होस भनी आराध्य देव भगवान पशुपतिनाथ संग हिन्दू परिषद नेपाल प्राथना गर्दछ भनिएको छ।

    बायाँ कन्चटमा गोली लागेका पुजारीको घटना स्थलमै मृत्यु भएको थियो ।पुजारी हत्या भएको सन्दर्भमा देशका हिन्दूवाद संघ-संस्था आक्रोशित भएका छन।

    Leave a Reply