साउन २९ सिन्धुपाल्चोकको बाढी र पहिरा े पिडितलाइ चीनले सहयोग गर्ने भएको छ । चीनको न्यालम काउन्टीले २० टन चामल, २ टन दाल , फेस मास्क १० हजार पीस, सोलार लाइट २ सय पीस, टेण्ट २ सय पीस, ब्ल्याकेट ५ सय पीस दिने भएको छ ।
यो सहयोग सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका बाढी र पहिरा पिडितलाइ भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो उहाँको विषेश पहलमा सो सामग्री न्यालमले दिन लागेको हो ।
भोटेकोसी र बाह्रबिसेमा बाढी र पहिरो गएर बाटो अवरुद्ध भएपछि केही हप्ता पहिलो न्यालमका समकक्षीसँग ढकालले खाद्यान्न सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो । बाढीपहिरोका कारण सडक अवरुद्ध भएको र खाद्यान्न ढुवानी गर्न समस्या भएको भनेर सहयोगका लागि आग्रह गरेको थिए ।
केही दिनमा ती सामग्री दिने कुरा चिनियाँ पक्षबाट आएको छ । यी खाद्य सामग्रीले बाढी पहिरोबाट विस्थापित भएका परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ ।यसअघि पनि न्यालम काउन्टीले सिन्धुपाल्चोकका लागि विभिन्न सहयोग गर्दै आएको छ ।


