उमेश कुशवाहा
बीरगंज साउन २९ पर्साको पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादव पनि कोरोनाको चपेटामा परेका छन, सङ्क्रमण पुष्टि भएको छ ।
नगर प्रमुख यादवलाई स्वास्थ्यमा आपेक्षित अनुसार सुधार नआए पछि उनले थप उपचारको लागि काठमाण्डौ पुगेका थिए।
नगरप्रमुख यादवले चार दिन देखी बीरगंज स्थित तराई हॉस्पिटलको छूटै आईसूय कक्षमा उपचारत थिए।
नगरप्रमुख यादवले बीरगंजमा दुइ दुइ पटक कोरोना परीक्षण गराउदा रिपोर्ट निगेटिभ दिखाएको थियो।
तर पुनःकाठमाण्डौ स्थित मेदिसिटि हस्पिटलमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो।
नगरप्रमुख यादवलाई श्वासप्रश्वासमा समस्या आएपछि सोमबार हेलिकप्टर चार्टर गरेर काठमाडौँ लागिएको थियो ।
सामाजिक संजाल मार्फत पर्सागढ़ी नगरवासीलाई भावुक सन्देश दिनु भएको छ ।
महानगर प्रमुख यादवको सन्देश यस्तो रहेकोछ ।
आदरणीय पर्सागढी नगरपालिकाका सम्पुर्ण नगरबाँसि ज्यु
सम्पुर्ण जनप्रतिनिधि ज्यु, कर्मचारी परिवार,आफन्तजन,साथिभाई ईष्टमीत्र ज्युहरु ।
मेरो पछिल्लो स्वास्थ्य अवस्था बारे जानकारी
हाल ह्म्स अस्पताल धुमबाराहि काठमाण्डौ मा उपचाररत छु । मलाई बिरगंज स्थित तराई अस्पताल बाट थप उपचारका लागि काठमाण्डौ स्थित मेडिसिटी अस्पतालमा ल्याईएको थियो ।
बिरगंज स्थित नारायणी अस्पतालमा गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ भएतापनि गत सोमबार काठमाण्डौ मा गरिएको स्वाब परिक्षणमा भने कोरोना भाईरस (कोभिड– १९) संंक्रमणको पुष्टि भएको छ ।
अहिले को स्वास्थ्य अवस्था दैनिक सुद्रिढ छ । क्रमिक स्वास्थ्य अवस्थामा आएको सुधारले सकरात्मक आत्मबल बढेको छ । मलाई आशा छ तपाँईहरुको माया, सद्भाव र शुभेच्छाका कारण मैले चाडै कोरोना भाइरसलाई पराजित गरि पुन तपाईंहरुकै सेवामा हाजिर हुनेछु ।
मेरो स्वास्थ्य लाभको कामना गरी विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहन्छु ।
साथै कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण नगरवासीमा अपिल गर्दछु
लोक नारायण यादव
नगर प्रमुख
पर्सागढी नगरपालिका हरपुर पर्सा
ह्म्स अस्पतालको बेडबाट


