
रम्जान “समर्पण”
९ अगस्ट २०२०, साउदी अरब
गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजना, एनआरएन एसिया प्याशिफिक तथा एसिया प्याशिफिकका सम्पुर्ण एनसिसीहरुको सक्रियतामा “राष्ट्रको लागि मेरो सपना(My Dream for NATION)” शिर्षक बक्तृत्वकला प्रतियोगितामा विश्वका विभिन्न २९ देशका ६१ जना प्रतियोगीहरुमा साउदी अरबकी जस्मिन बेगमले चौथो स्थान हासिल गर्न सफल भएकी छिन् ।
साउदी अरबबाट ३ जना प्रतियोगी जस्मिन सैयद, आइसा अर्याल र दीक्षा थापा सहभागी भएका थिए ।
हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहि अनलाईन जुम मार्फत गरिएको उक्त प्रतियोगितामा अमेरिका, यूरोप, अफ्रीका र एसियाका (नेपाल बाहेक) १९ वर्षमुनीका बालबालिकाहरुले भाग लिएका थिए ।

एनआरएनए एसिया प्याशिफिक उपसंयोजक पारसमणी पोखरेलद्वारा संचालित उक्त कार्यक्रममा एनआरएनए आइसिसि अध्यक्ष कुमार पन्त प्रमुख अतिथि तथा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा सहभागि भएका थिए ।
एनआरएनए आइसिसी तथा एनसिसिका जिम्मेवार पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, तथा वर्तमान अध्यक्ष कुमार पन्तले विदेशमा रहेका नेपालीहरुको दोस्रो पुस्तालाई नेपालसँग जोड्न यस्तै खालका कार्यक्रमको खाँचो रहेको र आगामी दिनहरूमा यस्ता अरु कार्यक्रमहरुको आयोजना गरिनुपर्ने औल्याउँनु भएको थियो ।

उक्त प्रतियोगितामा म्यानमारबाट प्रतिनिधित्व गर्दै अभिलाषा खतिवडा पहिलो स्थान, रसियाबाट प्रतिनिधित्व गर्दै समरिया केसी दोस्रो स्थान, यूकेबाट प्रतिनिधित्व गर्दै टिया आचार्यले तेस्रो स्थान, नाइजेरियाबाट प्रतिनिधित्व गर्दै सुहिम थापा र साउदी अरवबाट प्रतिनिधित्व गर्दै जस्मिन सैयदले चौथो स्थान,थाइल्याण्डबाट प्रतिनिधित्व गर्दै दंग तिमिल्सीनाले पाँचौ स्थान हासिल गर्न सफल भएका थिए ।

त्यस्तैगरि, अस्ट्रियाबाट प्रतिनिधित्व गर्दै कुञ्जन बोहराले ‘राइजिङ स्टार’ र १३ वर्षभन्दा मुनीका ‘लिटल मास्टर’ को टाइटल अस्ट्रियाका दिब्या ढकालले प्राप्त गर्न सफल भएका छन् ।
सम्पुर्ण बिजेताहरुले जितेको नगद पुरस्कार र प्रमाणपत्र सम्बन्धित एनसिसीहरु मार्फत एक कार्यक्रम आयोजना गरि वितरण गरिने एसिया प्याशिफिक युवा कमिटीका संयोजक दीपक कँडेलले जानकारी दिनु भयो ।


