
रम्जान “समर्पण”
७ अगस्ट २०२०, साउदी अरब ! विशेष गरेर मध्यपूर्वको मुख्य समस्यामा रहेको र अहिले सम्म पनि कहिकतै बाट खासै चासो क़ो विषय नभएको हृदयाघातका बारेमा NRNA Global Health team ले नेपाली श्रमिकहरुलाई अति नै महत्वपूर्ण उपयोगी जानकारी मूलक एक भरचुयल कार्यक्रम सम्पन्न गरेको छ ।
बैदेशिक रोजगारका शिलसिलामा रोजगारीको मुख्य उद्गम बिन्दु रहेको मध्यपूर्वका देशहरुमा धेरै जसो नेपालीहरु दैनिक रुपमा काम सकेर सुतेको र बिहान सुतेकै अबस्थामा मृत्यु भई नउठेको तितो सत्य खबर नेपाली हरूको माझमा कुनै नौलो खबर भने होईन । यसै गम्भिर विषयका बारेमा बृस्तृत जानकारी मुलक कार्यक्रम गर्ने उद्देश्यका साथ मध्यपूर्व एनआरएनए राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु तेजबहादुर थापा साउदी अरब र मोहम्मद मुक्तदा कतारको मुख्य अनुरोध बमोजिम NRNA Global Health team का डाक्टर सन्जिब सापकोटा र डाक्टर नितेश अर्यालद्वारा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
“किन हुन्छन् सुतेको सुतै” ? भन्ने मूल विषयलाई लिएर गरिएको एनआरएनए अनलाइन कार्यक्रमको मुख्य बक्ताहरुमा नेपालका ख्यातिप्राप्त मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले आफ्नो अनुभब राख्दै यसबाट बच्न सकिने उपायहरुका बारेमा बृस्तृत जानकारी दिनु भयो । उहाँको भनाइ अनुसार यसको मुख्य कारण हृदयघातनै भएतापनि अन्य मुटुको समस्याहरु बाट पनि यो समस्या आउने बताउनु भयो । जस्तै जन्मजात मुटुको धड्कन चल्ने करेन्टको समस्या (BRUGADA SYNDROM), मुटुको मांसपेशीहरु खराब हुने समस्या (Cardiomyopathic), कहिलेकाँही मुटुलाई चलाउन चाहिने तत्वहरु जस्तै पोटाशियम कमी हुनु, (जुन सामान्यतया धेरै पसिना बगाउँदा र शरीरमा पानीको कमि ले देखिन्छ) साथै ब्लड प्रेसर, सुगर, औसधि नियमित रूपमा नखाने, physical exercise नियमित रुपमा नगर्ने तथा मदिरा जन्य र चुरोट खानेहरु ब्यक्ति हरु मा अति धेरै खतरा हुने डाक्टर कोइरालाले जानकारि दिनुभयो ।

कार्यक्रममा विगत आठ वर्षदेखि कतारमा विशेषज्ञ चिकित्सक भएर काम गरिराख्नु भएको डाक्टर नितेश अर्यालद्वारा आफ्नो भनाई राखदै भन्नु भयो, त्यस्ता व्यक्तिहरु जसको वैदेशिक रोजगारमा आएको केही वर्ष मैं उल्लेख्य मात्रामा बजन बढ्ने जसले गर्दा ब्लडप्रेशर तथा सुगर कलिलो उमेरमै देखिने, साथै त्यस्ता व्यक्तिहरुलाई औसधी नियमित खानु पर्छ भन्दा पनि अटेर गर्ने हरु मध्येमा यस्तो समस्या बढी हुने गरेको तथा भर्खर नेपालबाट आएकाहरु मध्ये जन्मजात मुटुको समस्या हुने जुन सामन्यतया Medical Checkup गर्दा छुट्ने यस्ता व्यक्तिहरूमा पनि सुतेको सुतेई हुने खतरा हुने गर्दछ । त्यस्तै परिवारको कुनै सदस्यमा Sudden Cardiac Death भएको छ भने उसको परिवारका अन्य सदस्यहरुलाई पनि खतरा हुने हुनाले बेलैमा साबधानिकका उपायहरु अपनाउनु पर्ने बताउनु भयो । साथै कोही व्यक्तिहरू आफूलाई भएको सानो सानो समस्या जस्तै छाती दुख्ने, स्या – स्या हुने, चक्कर आउने जस्ता कुरा मतलब नगर्ने र चिकित्सकको परामर्श नलिने हरुलाई पनि मुटुको समस्या भई सुतेकै ठाँउमा मृत्यु हुन सक्ने चिकित्सकहरुले बताउनुभयो । साथै अहिले भइराखेको अध्ययन हरुमा अत्याधिक चिसो वातावरणमा पनि हृदयघात हुन सक्ने खतरा देखिएको हुँदा कतिपय नेपालीहरु वैदेशिक रोजगारमा अत्याधिक रक्सी सेवन गरी आफ्नो कोठा धेरै चिसो बनाई सुतेको अवस्था पनि आफैंमा एउटा खतरा हुन सक्ने कुराको बारेमा पनि अध्ययन गर्नुपर्ने कुरा डाक्टर अर्यालले अबगत गराउनु भयो ।
त्यस्तै गरि कार्यक्रमका आफ्नो बक्तब्य दिदैं American Heart Association ko CPR certified trainer डाक्टर सन्जिब सापकोटाले भन्नभयो, व्यक्ति या आफ्नो अगाडि ढलेर मुटुभन्दा भएको अवस्थामा कसरी प्राथमिक उपचार गर्ने भन्ने सम्बन्धमा प्रत्यक्ष रूपमा आफ्नो अमेरिका स्थित ल्याबबाट प्रदर्शन गरेर देखाउनु भएको थियो । उहाँको यो प्राक्टिकल जानकारीबाट धेरै नेपालीहरुलाई एम्बुलेन्स नआउँदासम्म कसरी त्यस्ता व्यक्तिलाई बचाएर राख्न सहयोग पुर्याउने बारेमा अबगत गराउनु भयो ।
कार्यक्रमको अन्त्यमा डाक्टर भगवान कोइरालाले नेपालीहरूको लागि आफ्नो तर्फबाट गर्न सक्ने सहयोगको लागि आफू सदैव तयार रहेको भन्दै यो कार्यक्रम गरेकोमा एनआरएनए लाई धन्यवाद दिनुभयो । उक्त कार्यक्रममा साउदीअरब बाट उपस्थित एनआरएनए आईसीसी तथा NRNA Global Health team सदस्य यासमिन बेगम् सैयद ,एनसिसि साउदी अरबका अध्यक्ष तेजबहादुर थापा तथा एनसिसि कतारका अध्यक्ष मोहम्मद मोक्तदा तथा ओमानका एनसीसी अध्यक्ष सेवंत पुन पुर्ज़ा लगायतले यस्तो उपयोगी कार्यक्रम गरिएकोमा आभार प्रकट गर्दै धन्यवाद दिनुभएको र मध्यपूर्वका लागि यस्ता जानकारीमुलक कार्यक्रम अझैपनि गरिरहनुपर्ने, जसले धेरै नेपालीहरुलाई सहयोग पुर्याउने अवगत गराउनुभयो ।
यस कार्यक्रमबाट सुतेको सुतै भई मृत्यु भएकाहरूको बृस्तृत अध्ययन गर्नुपर्ने, त्यस्ता मृत्युभएको व्यक्तिहरूको पोस्टमार्टम गर्ने, उनीहरूको मर्नु अगाडि को अवस्था कस्तो थियो के औषधि खाने गरेका थिए यी सबैको गहन अध्ययन गरि सहि कारण पत्ता लगाएर भविष्यमा यस्तो प्रकारले मृत्यु हुनबाट कसरी नेपाली श्रमिकहरुलाई जोगाउन सकिन्छ भन्ने कुराको नेपाल सरकारले ध्यान दिनु पर्ने कुरा यस कार्यक्रमले निष्कर्ष निकालेको छ।


