स्रोत नखुलेको १६ लाख नेपाली रुपैया झोलाबाट बारा प्रहरीद्वारा बरामद ।

  • ७ भाद्र २०७७, आईतवार ०९:३९ मा प्रकाशित
  • उमेश कुशवाहा बारा,भदौ ०६, जिल्ला प्रहरी कार्यालय बारा प्रहरी चौकी तेलकुवाले श्रोत नखुलेको नेपाली रुपैया १६ लाख बरामत गरेको छ।

    जिल्ला बारा महागढीमाई न.पा.वडा नं.७ बेनौली स्थित सडकमा प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले चेकिङ्ग गर्ने क्रममा शनिबार बिहान करिब ८ बजे पश्चिम बेनौली चोक तर्फबाट आएका मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मो.सा.चालकले आफ्नो साथमा बोकेको रातो पहेलो रंगको झोला फाली भागी फरार भएको थियो।

    प्रहरी चेकिङ्ग टोलीले उक्त झोला नियन्त्रणमा लिई खोली हेर्दा नेपाली रू.१,०००।-दरको ७६२ थान र ने.रू ५००।-दरको १६७६ थान गरी जम्मा नेपाली रूपैया १६,००,०००।- (सोह्र लाख) फेला पारी उक्त नेपाली रूपैया बरामद गरेको थियो ।

    रकम फाली फरार रहेका मो.सा.तथा चालकलाई खोज तलास गर्ने लगायतको कार्य भइरहेको छ।

    स्रोत नखुलेको बरामद रकम सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

    Leave a Reply