बलात्कार आरोपित पालुङटार ४ का वडाध्यक्ष कारागार चलान

  • ११ भाद्र २०७७, बिहीबार २३:४४ मा प्रकाशित
  • गोरखा । बलात्कार आरोप लागेका पालुङटार नगरपालिका ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पुर्पक्षका लागि कारागार चलान भएका छन ।

    बिहिबार गोरखा जिल्ला अदालतमा भएको थुनछेक बहसका क्रममा उनलाई पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाउने आदेश भएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले सिभिलखबरलाई बताए ।

    गाउँकै १५ बर्षकी बालिकालाई बारम्बार जबरजस्ती गरेको आरोप लागेका वडाध्यक्ष रानाभाटलाई साउन १६ गते जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको विशेष टोलीले पालुङटारबाटै पक्राउ गरेको थियो । जबरजस्ती गरेको भन्दै बालिकाका बाबुले प्रहरीमा जाहेरी दिएका थिए ।

    रानाभाटलाई उनी आवद्ध दल जनता समाजवाी पार्टीले साधारण सदस्यता समेत नरहने गरी पक्राउ परेकै दिन निलम्बन गरेको थियो ।सिभिल खबर .कम बाट।

    Leave a Reply