
बारा १३ भादौ
बारा, प्रसौनी गाउँपालिकामा आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बारा–पर्सा जिल्लामा विगत पाँच महिनादेखि लागेको लकडाउनको कारण वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ ।
रगत सङ्कलनका लागि सबैभन्दा महत्वपूर्ण माध्यम मानिने रक्तदान कार्यक्रमहरु हुन नसकेपछि रगतको आभाव भएको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ । सोहि आभावलाई मध्यनगर गर्दै बाराको प्रसौनी गाउँपालिकामा शनिबार जनता समाजबादी पार्टी नेपाल, प्रसौनीको आयोजनामा न्यू स्टार नेशनल यूवा क्लब प्रसौनीकोे सहकार्यमा वडा नं.–४ खुटवा जब्दी बथानी चौकमा आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रमको प्रमुख अतिथी प्रसौनी गा.पा अध्यक्ष भोला प्रसाद गुप्ता, विशिष्ठ अतिथी गा.पा. उपाध्यक्ष गिता साह, अतिथी वडा नं.–४ का वडा अध्यक्ष आन्नद कु. गुप्ता, वडा नं.–३ का वडा अध्यक्ष बैजु गुप्ता, वडा नं.–२ का वडा अध्यक्ष सुरेश गुप्ता, रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी सौरभ गुप्ता लगायत वडा सदस्यहरुको उपस्थिती रहेको थियो
न्यू स्टार नेशनल यूवा क्लबको आयोजना भएको रक्तदान कार्यक्रममा १ महिला सहित १५७ जनाले रक्तदान गरेका छन । रक्तदानमा स्थानी समिता देवी, सलमान खान, सगीर हवारी, शनी, दिपक, निकु, राधेश्याम, प्रमोद, मनजित महान्नद, सुनिल लगायतले रक्तदान गरेका छन् ।
क्लबका अध्यक्ष सुबाश गुप्ताको सभापतित्वमा आयोजित कार्यक्रममा रक्तसंचार केन्द्र वीरगंजको प्राविधीक टोलिले सहयोग उपलब्ध गराएको थियो
स्थानिय युवाहरुको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएको व्यवस्थापक हाम्रा सहकर्मी अकबर हवारीले जानकारी दिए ।

