प्युठानमा लकडाउन जारी, जिल्ला प्रवेशमा रोक

  • १२ भाद्र २०७७, शुक्रबार ०८:५५ मा प्रकाशित
  • दाङ, १२ भदौ ।
    प्युठान जिल्लामा लकडाउन सुरु गरिएको छ । भाद्र १२ गते शुुक्रवार बिहान ५ बजेदेखी लागु हुने गरी एक हप्ता सम्मका लागी लकडाउन गरिएको छ ।

    समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (DCCMC) को विहिवार बसेको बैठकले उक्त निर्णय गरेको हो । लकडाउन आगामी भदौ १८ गते राती १२ बजेसम्म कायम रहनेछ ।

    लकडाउन अवधिभर एम्बुलेन्स, प्रेस, खाद्यान्न दुधजन्य सवारी साधन लगायत अत्यावश्यक सवारी साधनहरु बाहेक सम्पुर्ण यातायातका साधन सन्चालनमा रोक लगाईएको छ ।

    अति आवश्यक काम बाहेक लकडाउन अवधिभर घर बाहिर ननिस्कन, मेला महोत्सव भिडभाड नगर्न जिल्लावासी नागरिकमा अनुरोध गरिएको छ । साथै उक्त अवधिमा जिल्ला प्रवेश निषेध गरिएको छ । अत्यावश्यक सेवा प्रदायक बाहेकका कार्यालय खोल्न नपाइने जनाइएको छ ।

    लकडाउनको समयमा अत्यावश्यक खाद्यान्न, दुध, इन्धन, तरकारी लगायत पसलहरु बिहान ७ बजे देखि ९ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ ।

    Leave a Reply